FAQs

१. मानवअधिकार भनेको के हो

If you have any concerns please read this collection of frequently asked questions before contacting us. If you are still unclear about something feel free to contact.

१. मानवअधिकार भनेको के हो ?

मानवअधिकार यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल मानव भएको नाताले पाँउनुपर्दछ। मानवअधिकार मानिस भएर जन्मेकै कारण जन्मसाथ स्वत: पाउने अधिकार हो र यी अधिकारहरू विश्वव्यापी हुन त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ। मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिकविचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन।

मानव अधिकार
२. नेपालको कानूनमा मानवअधिकार कहाँ कहाँ राखिएको छ?

नेपालको संबिधानमा धारा १६ देखि धारा ४८ सम्म मौलिक हकले मानवअधिकारले सुनिस्चित गरेको छ र यी अधिकारहरु येश प्रकारका छन् :

नेपालको कानून
नागरिक अधिकार ऐन २०१२ ले पनि मानवअधिकारलाई सुनिस्चित गरेको छ :
  • कानूनमा सबै समान छन् र धर्म, जात, जाति र लिङ्गको आधारमा भेदभाव हुने छैन
  • बिशेष वर्गको लागि बिशेष व्यवस्था गर्न सकिने, जस्तै: महिला अधिवाशी आधिको लागि स्वतन्त्रताको अधिकार धार्मिकस्वतन्त्रता
  • कानूनले दिएको बाहेक कर लगाउन नपाउने
  • नागरिक बासस्थानको रक्षा गर्ने
  • आपराध ठहर नभई सजाय नहुने, आधि
३. नेपाल मानव अधिकार संगठनले मानव अधिकारको रक्षा र प्रबर्दनको निमित्त के कस्ता कदम उठाएको छ ?
  • क. सन् १९८८ मा नेपालको पहिलो मानवअधिकार संस्था हुनुनै त्येस्बेलाको ऎकदलिय पंचायती व्यवस्थालाई चुनौती दिनु
  • ख. बिक्रम सम्बत २०४६ र २०७३ को जनआन्दोलनमा मानवअधिकार र प्रजातन्त्रको निमित्त जनतासंग प्रतक्ष रूपमा साथ दिनु
  • ग. राष्ट्रिय मानवअधिकार आयोग गठन गर्नमा मुख्य भूमिका रहनु
  • घ. दस वर्ष लामो द्वन्दकालमा सरकार र बिपक्षी द्वारा गरिएको मानवअधिकार हनन र बेपत्ताको छानबिनमा भूमिका
  • ङ. सन् २००८ र सन् २०१३ का आमनिर्वाचनमा अनुगमन र पर्यवेक्चनको भूमिका
  • च. सन् २०१७ को स्थानीय तह निर्वाचनमा अनुगमन र पर्यवेक्चनको भूमिका रहीआएको छ |
४. मानव अधिकार हनन सम्बन्धि, मैले कसरी नेपाल मानवअधिकार संगठनलाई उजुरी गर्न सक्छु?
उजुरी कसरी दिने
५. नेपाल मानवअधिकारले कसरी उजुरीलाई छानबिन गर्छ ?
  • १. आनुसन्धान
  • २. नेपाल प्रहरी संग समनय
  • ३. वकालत र लोब्ब्यिंग
  • ४. राष्ट्रिय मानव अधिकार आयोगलाई सिफारिस
Join HURON
Get Involved

Stand With Us for Human Rights

Whether you want to report a human rights violation, volunteer with us, or support our cause, we're here to help. Together, we can make a difference.

Contact Information

Address

Shanti Bhawan, Naxal
Kathmandu, Nepal